logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • राजनीतिक प्रतिशोध त्यागेर सभापति रविलाई रिहाई गर्न रास्वपाको माग

    राजनीतिक प्रतिशोध त्यागेर सभापति रविलाई रिहाई गर्न रास्वपाको माग

    903
    Shares
    राजनीतिक प्रतिशोध त्यागेर सभापति रविलाई रिहाई गर्न रास्वपाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    शनिबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन जारी राख्न निर्णय गरेको हो । बैठकले पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय गरेको हो ।

    बैठकपछि जारी विज्ञप्तिमा ‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने’ उल्लेख छ ।

    बैठकले ‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएकोले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइ गर्न’ माग गरेको छ ।

    साथै, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने र आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend