logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • कृषिका कुरा

    खेतबारीमा रमाउँदै छन् जुम्लाका २२ वर्षिय दीपक, वार्षिक पाँच लाख आम्दानी

    खेतबारीमा रमाउँदै छन् जुम्लाका २२ वर्षिय दीपक, वार्षिक पाँच लाख आम्दानी

    217
    Shares
    खेतबारीमा रमाउँदै छन् जुम्लाका २२ वर्षिय दीपक, वार्षिक पाँच लाख आम्दानी

    जुम्ला । खेतबारीलाई प्रमुख कार्यस्थल बनाएका तिला गाउँपालिका–८ का २२ वर्षीय दीपक रावतले गाउँमा अग्रणी किसानको परिचयमात्र बनाएका छैनन् लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन् । जिल्लामा रावत उदाहरणीय उद्यमीका रूपमा चिनिन्छन् ।

    उद्यमी रावतले व्यावसायिक ढङ्गले फलफूल नर्सरी मात्र सञ्चालन गरेका छैनन् उनले स्याउ, ओखर र बारीमा मौसमी सागसब्जी पनि फलाउँदै आएका छन्। उनको फार्ममा ओखर र स्याउका बिरुवासँगै अलिपर रहेका बोटमा लटरम्म ओखर र स्याउ फल्छन् ।

    यस वर्ष रावतले स्याउ बेचेर ४० हजार कमाए । विरुवा बेचेर अधिक लाभ हुने बताउँदै उनले स्याउका बिरुवा बेचेर बर्सेनि तीन लाखभन्दा बढी आम्दानी गर्दै आएको सुनाए ।

    कृषिकर्ममा केन्द्रित उनले हाल दुई सयवटा ओखरका बिरुवा हुर्काएका छन् । “कर्णाली प्रदेश सरकारको बेरोजगार कृषि प्राविधिक छनोट अनुदान कार्यक्रमबाट छनोट भई कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदानमा तीन लाख रुपैयाँ लगानीमा तीन हेक्टर जग्गामा स्याउ, ओखरको नर्सरीसँगै सागसब्जी र फलफुलखेतीबाट वार्षिक तीनदेखि पाँच लाख रुपैयाँसम्मको आम्दानी हुने गरेको छ,” भविष्यमा स्याउ ओखर तथा फुलफूलखेती विस्तार गर्ने लक्ष्यका साथ खेती विस्तारमा जुटेको जानकारी दिँदै उनले भने । वार्षिक १० लाख कमाउने लक्ष्यका साथ बोटबिरुवा र खेती बढाएको उनले बताए ।

    रावतले कृषि कर्ममा लाग्नु अघि अठार महिना कनिष्ठ प्राविधिक सहायक (जेटिए) का रूपमा काम गरे । साथै, उनले वनस्पति र बाली विज्ञान (आइएसएजी) पनि अध्ययन गरेका छन् । जसका कारण उनलाई कृषि क्षेत्रमा काम गर्न असहज छैन । स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उद्यमी रावतको बुझाइ छ ।

    कृषि फार्मका उत्पादन स्थानीय बजार रारासेरी, नाग्म कुडारी र खलङ्गा बजारसम्म पुग्ने गरेका छन् । स्याउ र ओखरका बिरुवा मुगु र कालिकोटबाट पनि किन्न आउने किसानको सङ्ख्या बढेको उनी बताउँछन् । उनले मागअनुसार आपूर्ति गर्न सकेका छैनन । राज्यबाट प्राप्त अनुदानले साना किसानलाई उद्यमशील बन्न प्रेरित गरेको उनको अनुभव छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend