logo

२०८१ कार्तिक ११ आइतबार

logo
  • आइतबार, ११ कार्तिक २०८१
  • एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्छ, यस सम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँ : प्रधानमन्त्री ओली

    एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्छ, यस सम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँ : प्रधानमन्त्री ओली

    350
    Shares
    एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्छ, यस सम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरिरहेको बताएका छन् ।

    आईतबार काठमाडौंमा युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार रहेको बताए । उनले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताए ।

    उनले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको बताए । उनले जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने बताए । देशको विकासमा सहयोग पुग्ने उद्देश्यबाट एआईको प्रयोग गर्नुपर्ने बताए ।

    उनले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठूलो मद्दत पु¥याएको छ, विकासका लागि । ठूलो सहयाग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ ।

    यसको समाधान कसरी गर्ने, रोक्ने उपाय के होला । राम्रो पक्षको विकास गर्ने, राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ । एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडियो हेर्छु । मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खालि मोबाइलमा मात्रै काम हुन्छ भन्नेकुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ ।

    देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ । यसका केही खतराका पक्षहरु देख्दादेख्दै पनि राम्रा पक्षको प्रयोग गर्नुपर्छ । विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो । एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ ।’

    प्रधानमन्त्री ओलीले नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend