logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • दोहोरो अंकले बढ्यो सेयर बजार, २१३ कम्पनीको मूल्य बढ्यो

    दोहोरो अंकले बढ्यो सेयर बजार, २१३ कम्पनीको मूल्य बढ्यो

    259
    Shares
    दोहोरो अंकले बढ्यो सेयर बजार, २१३ कम्पनीको मूल्य बढ्यो

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार परिसूचक २७ दशमलव ४१ अंकले बढेर २६४५ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

    आज २८ कम्पनीको शेयर मूल्य घटेको छ भने २१३ कम्पनीको मूल्य बढेको छ ।

    आज ३०७ कम्पनीका ५८ हजार ५ सय ५२ पटकको कारोबारमा १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले बढ्दा फ्लोट इन्डेक्स १ दशमलव ९४ अंकले बढेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा जीवन बीमा सर्वाधिक बढेको छ ।

    आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नेपाल फाइनान्समा सर्वाधिक लगानीकर्ता झुम्मिएका छन् ।

    आज पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

    सोमबार १३ वटै उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.३६ प्रतिशत, विकास बैंक समूहको १.५७ प्रतिशत, फाइनान्स समूहको ३.४६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१७ प्रतिशतले शेयर मूल्य बढेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend