logo

२०८१ कार्तिक १२ सोमबार

logo
  • सोमबार, १२ कार्तिक २०८१
  • चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन : डेपुटी गभर्नर मिश्र

    चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन : डेपुटी गभर्नर मिश्र

    210
    Shares
    चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन : डेपुटी गभर्नर मिश्र

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन् ।

    सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दशैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

    उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताए । उनले पछिल्लो समय बैंकहरुको एनपीए वृद्धि हुँदै जानु गम्भिर विषय भएको उल्लेख गरे । उनले व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको बताए । उनले साढे ११ र १२ प्रतिशत (६५४ अर्ब) को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भएपनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिए ।

    उनले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताए ।

    उनले भने, ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिकको ब्यालेन्ससिट प्रकाशित भएको छ । बैंकहरुको एनपीए वृद्धि भएको छ । कसरी वृद्धि भयो त्यो विषयमा गम्भिर हुन जरुरी छ । विजनेश कन्फिडेन्ट कमजोर भएको अवस्था छ । लगानी भइरहेको छैन । कर्जा वृद्धि भइरहेको छैन । साढे ११ र १२ प्रतिशत भनेर ६५४ अर्बको कर्जा बढाउँछौं भनेर मौद्रिक नीतिमा लेख्यौं । पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार नहुने देखिएको छ ।

    सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नु पर्ने अवस्था भएपनि नहुने अवस्था देखिन्छ । यो नहुनुमा स्थानीय, राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोताको मागमा कमी भएको अवस्थाको कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न सकिरहेका छैनन् । राष्ट्र बैंकले वित्तीय क्षेत्र स्थायीत्वको लागि महत्वपूर्ण एजेण्डाको रुपमा लिएको छ । त्यसैको कारण विभिन्न ठूला संकट आउँदा पनि वित्तीय क्षेत्रलाई सवल बनाइ राख्न सफल भएका छौं ।’

    उनले स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरुले लगानी गर्न नसकेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend