बिहिबार, बैशाख १८ २०८२

बिहिबार, बैशाख १८ २०८२

भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको झुटो खबर दिने एक जना पक्राउ

भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको झुटो खबर दिने एक जना पक्राउ

काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको झुटो खबर दिने एक जना पक्राउ परेका छन् । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो ।

नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ ।

पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए ।

पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए ।

उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।

नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको हल्ला फैलिएको थियो । तर जहाजमा कुनै शंकास्पद वस्तु फेला परेन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend