काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी सोमबार बेलुकीदेखि ज्वरो आएपछि अस्वस्थ बनेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित गरेका छन् ।
प्रधानमन्त्री ओली मंगलबार बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन् ।