२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गण्डकी प्रदेश सांसद दीपक मनाङे सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष कैद सजाय

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।

सर्वोच्चको फैसलासँगै मनाङेको गण्डकी प्रदेश सांसद पद स्वतः गएको छ । २०७९ मंसिरमा भएको निर्वाचनमा उनी  मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।

 

NIBL

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १८:१२

मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गण्डकी प्रदेशमा पटक पटक मन्त्री बनिसकेका छन् ।

२०६१ सालमा चक्रे मिलनलाई मनाङेले तरबार प्रहार गरेका थिए। चक्रेको हात काटिएको थियो। पछि उनको हात जोडियो। तर घटनालाई लिएर चक्रेकी श्रीमती इन्दिरा गुरुङले प्रहरीमा मनाङेविरुद्ध ज्यान मार्ने कसुर गरेको भन्दै जाहेरी दिएकी थिइन्।

सो उजुरीमा जिल्ला अदालत काठमाडौंले घटनालाई कुटपिट भएको ठहर गरेको थियो भने केहीलाई दुई वर्ष जेल सजाय सुनाएको थियो। जिल्ला अदालतको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले मुद्दामा पुनरावेदन गरेको थियो।

पाटन पुनरावेदन अदालतले २०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै पाँच वर्ष जेल सजायको फैसला गरेको थियो। उक्त फैसलालाई मंगलबार सर्वोच्च अदालतले सदर गरेको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट