२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

बागमती म्युनिसिपल पार्क भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्रीसहित सात जनाविरुद्ध ३९ करोडभन्दा बढीको मुद्दा

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । सर्लाहीस्थित बागमती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा साहसँगै तत्कालीन अर्थसचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश सरकारका उपसचिव उद्धवराज न्यौपाने तथा निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाइएको छ ।

अख्तियारका अनुसार पार्क तथा रिसोर्ट निर्माणका क्रममा सार्वजनिक स्रोतको दुरुपयोग गर्दै राज्यलाई ३९ करोड ३९ लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी पुर्‍याइएको देखिएको छ। सोही आधारमा प्रतिवादीहरूको जिम्मेवारीअनुसार फरक–फरक बिगो, जरिवाना र सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

Capture.PNG
undefined

आयोगले पूर्वअर्थमन्त्री साह र तत्कालीन सचिव ठाकुरसँग जनही ३५ करोड रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। यस्तै मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानीको जिम्मेवारी रहेको दाबी गरिएको छ।

उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप लगाइएको छ भने निर्माण कम्पनी बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलमाथि पनि ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी गराएको अभियोग लगाइएको छ।

अख्तियारले सार्वजनिक निर्माण आयोजनामा आर्थिक अनियमितता, कानुनविपरीत निर्णय र सरकारी स्रोतको दुरुपयोग भएको निष्कर्षसहित सबै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट