logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?

    हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?

    1.7K
    Shares
    हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अनुहारमा चमक र मनमा प्रसन्न छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । छोटो यात्राको योग पनि रहेको छ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend