logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ : राष्ट्रपति पौडेल

    भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ : राष्ट्रपति पौडेल

    175
    Shares
    भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने बताएका छन् । शनिबार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्न नहुने उनले बताए । उनले मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने र यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता भएको बताए ।

    उनले मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी रहेको उल्लेख गरे । उनले अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरुलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरु तय गरी लागू गर्नुपर्ने बताए ।

    उनले भने, ‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शास्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभुत र अत्यावश्यक आलोक पनि हो । लोकतन्त्रको यही आलोकलाई अंगीकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरु चुक्नु हुँदैन ।

    मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउनसक्नु नै अहिलेको आवश्यकता हो । त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ । अवसरबाट वञ्चित गरिएका र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरुलाई केन्द्रमा राखेर सरकारका नीति एवं कार्यक्रमहरु तय गरी लागू गर्नुपर्छ । सुशासन र विकास त्यसको आधार हो भन्ने मलाई लाग्छ ।’

    राष्ट्रपति पौडेलले स्वतन्त्रता लोकतन्त्रको आधारभुत र अत्यावश्यक आलोक भएको उल्लेख गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend