logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • नेपाललाई जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

    नेपाललाई जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

    224
    Shares
    नेपाललाई जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वल्र्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिएको बताएका छन् ।

    इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताए ।

    उनले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताए । उनले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रश्तुती सशक्त भएको उल्लेख गरे ।

    उन अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायुअनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताए ।

    उनले भने, ‘युएनले नेपालमा विभिन्न सहकार्य गरी कार्यक्रमहरु गर्दै आएको छ । त्यसमा पनि विशेष गरी संघीयतामा गइसकेपछि स्थानीय निकायलाई नै इन्करेज गर्नुपर्छ, समावेश गर्नुपर्छ भनेर शहरहरु निर्माण गर्नको लागि युएन ह्याबिटाइटले धेरै ठूलो कन्ट्रिब्युुसन रहेको कुरा र त्यसमा पनि हाइलाइट गर्यौँ ।

    जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो शहरहरुमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नुपरिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पुर्याउने कुरामा जोड दिएको छु ।’

    उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्नेगरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बताए । गत आईतवार इजिप्ट प्रस्थान गरेका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गरेका थिए ।

    सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend