logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • ‘मानव तस्करको गिरोहबाट आफैं ठगिए, अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छु’ : पूर्वमन्त्री अधिकारी

    ‘मानव तस्करको गिरोहबाट आफैं ठगिए, अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छु’ : पूर्वमन्त्री अधिकारी

    679
    Shares
    ‘मानव तस्करको गिरोहबाट आफैं ठगिए, अनुसन्धानमा प्रहरीलाई सहयोग गर्छु’ : पूर्वमन्त्री अधिकारी

    काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

    प्रहरीले पक्राउ गर्नुअघि उनले मानव तस्करको गिरोहबाट आफैं ठगिन पुगेको बताएका छन् ।

    ‘यो अपराधबारे सूचना मैले नै दिएको हो । मैले सबै सूचना दिन्छु भनेकै छु । म थप अनुसन्धानमा सघाउन काठमाडौं जाँदैछु । विवाद उठ्नेबित्तिकै मैले राजकीय जिम्मेवारी (प्रदेश मन्त्री) छाडेँ’, उनले भने, ‘मन्त्री छाडेपछि पनि पार्टी (एमाले) माथि सञ्चारमाध्यले प्रश्न गर्न थाले । त्यहीकारण मैले अनुसन्धान नसकियुन्जेल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइदिन निवेदन दिएँ ।’

    अधिकारीले यो अनुसन्धानलाई सघाउने गरी आफूले नै सूचना दिएको बताएका छन् । उनले भने ‘अब म सम्पूर्ण सवुत प्रमाणसहित सघाउन काठमाडौं जाँदैछु ।’

    यो पनि : 

    मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

    पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend