२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

आइतवार , कार्तिक २५, २०८१

विराटनगर । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।

नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

उनलाई विराटनगरबाट आजै काठमाडौँ ल्याइँदै छ । नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनीसँगै अन्य ३ जना व्यक्ति जापान गएका थिए । तर जापानको अध्यागमनले उनीहरुलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ ।

उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

यो पनि :

मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी सङ्गठित सदस्यबाट निलम्बित

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट