२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

रास्वपा महाधिवेशन : ३,९९० प्रतिनिधि को इन्ट्री, प्रतिनिधिबाट २ करोड संकलन

शनिवार , आषाढ ६, २०८३

चितवन  / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय बैठकमा प्रतिनिधि व्यवस्थापन उपसमितिकी संयोजक लिमा अधिकारी ले हालसम्म ३ हजार ९९० प्रतिनिधिबाट प्रति व्यक्ति रु ५ हजारका दरले सहभागिता शुल्क सङ्कलन भइसकेको जानकारी गारएकी छन् ।

उनका अनुसार प्रतिनिधि व्यवस्थापनसम्बन्धी विवरण सङ्कलन तथा शुल्क बुझाउने प्रक्रिया सम्पन्न भइसकेको छ भने सो सम्बन्धी तथ्याङ्क निर्वाचन आयोग मा समेत बुझाइसकिएको छ  । हाल उक्त तथ्याङ्क रुजु गर्ने कार्य जारी रहेको उहाँले बैठकमा जानकारी दिइन ।

बैठकमा प्रस्तुत विवरणअनुसार प्रतिनिधि व्यवस्थापन कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको र अन्तिम प्रमाणीकरणपछि विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ । प्रतिनिधिहरुबाट मात्रै १ करोड ९९ लाख ५ हजार रुपियाँ संकलन भएको अधिकारीले जानकारी दिइन । पर्यवेक्षकहरुबाट पनि शुलक संकलन हुने उनले बताइन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ