चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि तथा उपस्थित सबैलाई स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरिएको छ । महाधिवेशन स्वास्थ्य व्यवस्थापन उपसमितिकी संयोजक डा. तोशिमा कार्कीले गर्मीको मौसमलाई ध्यानमा राख्दै पर्याप्त पानी पिउन र स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेकी छन्।
केन्द्रीय समितिको बैठकमा स्वास्थ्य उपसमितिकी संयोजक समेत रहेकी सासंद कार्कीले ‘गर्मी छ, टन्न पानी पिउनुस, स्वास्थ्यमा ध्यान दिनुस । ’
महाधिवेशन स्थलमा स्वास्थ्य सेवा सहज बनाउन तीन स्थानमा हेल्थ डेस्क समेत राखिएको जानकारी उनले दिइन्। आकस्मिक स्वास्थ्य समस्या, सामान्य उपचार तथा आवश्यक परामर्शका लागि ती हेल्थ डेस्क सञ्चालनमा रहने उनले जानकारी दिइन ।
बढ्दो गर्मी र धेरै मानिसको सहभागितालाई मध्यनजर गर्दै स्वास्थ्य व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उपसमितिले जनाएको छ । आयोजकले सहभागीलाई पानी पर्याप्त पिउने, लामो समय घाममा नबस्ने र असहज महसुस भए तुरुन्त हेल्थ डेस्कमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस