२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

रास्वपाको विधान संशोधन : पदाधिकारी १९ र केन्द्रीय समिति १५८ सदस्यीय हुने

शनिवार , आषाढ ६, २०८३

चितवन / चितवनमा जारी केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संशोधित विधान सर्वसम्मत रूपमा पारित गरेको छ। नयाँ विधानअनुसार पार्टीको पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ भने केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधनलाई अन्तिम रूप दिएको हो।

72862f33-13b5-4bc5-93af-e14dfdd77852.jpg

नेता गणेश पराजुलीका अनुसार अब पार्टीमा सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (कम्तीमा एक महिला), दुई महामन्त्री, पाँच सहमहामन्त्री (कम्तीमा एक महिला), एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहनेछन्।

संशोधित व्यवस्थाअनुसार सभापति, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता स्वतः सचिवालय सदस्य हुनेछन् भने बाँकी सचिवालय सदस्य सभापतिले मनोनयन गर्नेछन्।

त्यस्तै, पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय रहनेछ। यसमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। साथै सातै प्रदेशका प्रदेश सभापति पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।

रास्वपाले पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचनालाई थप विस्तार र व्यवस्थित बनाउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ