२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

रास्वपा महाधिवेशन : सभापति बन्न ‘५१ - ५१’ सुत्र,शुल्क पनि ५१ हजार समर्थक पनि ५१

शनिवार , आषाढ ६, २०८३

 चितवन /  राष्ट्रिय स्वतन्त्र पार्टीको भोलीदेखि सुरु हुने महाधिवेशनमा पार्टी सभापति पदका लागि ५१ हजार रुपैयाँ शुल्क तोकिएको छ । उम्मेदवारका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ऐतिहासिक पहिलो राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन सम्बन्धी विस्तृत कार्यतालिका र उम्मेदवारी मापदण्ड सार्वजनिक गरेको छ ।

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी शुल्क, प्रस्तावक–समर्थक संख्या र निर्वाचन प्रक्रिया तय गरिएको हो।

a5372a8d-94ba-4c63-a78f-bb75648c27f8.jpg

सार्वजनिक सूचनाअनुसार महाधिवेशनमा उम्मेदवार बन्न चाहने प्रतिनिधिले तोकिएको शुल्क बुझाउनुपर्ने, प्रस्तावक–समर्थक जुटाउनुपर्ने तथा आवश्यक कागजातसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।


पार्टी पदाधिकारी पदमा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ शुल्क लाग्नेछ भने १ प्रस्तावक र ३१ समर्थक अनिवार्य छन्।

केन्द्रीय सदस्य पदका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ, जहाँ १ प्रस्तावक र २१ समर्थक आवश्यक पर्नेछ। निर्वाचन आयोगले प्रस्तावक र समर्थक पार्टी सदस्य तथा महाधिवेशन प्रतिनिधि हुनुपर्ने स्पष्ट पारेको छ।

उम्मेदवारीसँगै यी कागजात अनिवार्य


उम्मेदवारी दर्ताका क्रममा आयोगले पाँच प्रकारका कागजात अनिवार्य गरेको छ—

 उम्मेदवारी मनोनयन फाराम

शुल्क बुझाएको रसिद वा बैंक भौचर

अनुशासन कारबाही नपरेको स्व–घोषणा

पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि

पासपोर्ट साइजका दुई प्रति फोटो


यस्तो छ निर्वाचनको कार्यतालिका

निर्वाचन तालिका अनुसार प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशनपछि दाबी–विरोधको प्रक्रिया सञ्चालन हुनेछ। त्यसपछि अन्तिम नामावली प्रकाशित गरी उम्मेदवारी फारम वितरण र दर्ता सुरु गरिनेछ।

bab83cd2-7cff-45ed-84ff-226113b10189.jpg

उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन, दाबी–विरोध, नाम फिर्ता र अन्तिम सूची प्रकाशनपछि मतदान प्रक्रिया अगाडि बढ्नेछ।

कार्यतालिकाअनुसार मतदान बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ भने मतदान सकिएको दुई घण्टाभित्र मतगणना सुरु गरिनेछ। अन्तिम परिणाम सार्वजनिक भएपछि दोस्रो चरणको प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ