२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एफएनसिसिआई निर्वाचन: बस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठसहित यी हुन विजय हुने सदस्य

बुधवार , बैशाख २३, २०८३

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा  नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठ ३ मतले विजयी भएका छन्। उनले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी  शिव घिमिरेले ६० मत पाएर पराजित भएका छन्।

त्यस्तै बस्तुगत  महासंघतर्फ सुनौना घिमिरे र विश्वनाथ खनाल बिजयी भएका छन् । जसमा घिमिरेले ११ मत पाएकी छिन् भने खनालले ९ मत पाएका छन् ।

बस्तुगत   केन्द्रीय कार्यकारणी सदस्यमा अरनिको राजभण्डारीले ७० मत, नानिराज घिमिरेले ५२ मत, पशुपतिदेव पाण्डेले ६२, विदुर धमलाले ६८ मत, भक्त बहादुर हमाल ५६ मत, रवीन पुरीले ६६ मत, राज कुमार कार्कीले ६३ मत, लिलेन्द्र प्रधानले ६२ मत, संघर्ष बिष्टले ५१ मत, सागर ढकालले ६८ मत, होम प्रसाद घिमिरेले ५१ मत पाएर बिजय भएका छन् ।

चारजनाको समान ५०-५० मत प्राप्त गरेका छन् । गोलाप्रथाद्वारा कार्यकाल तय गरिनेबारे छ्लफल भइरहेको छ । निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ