२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

१५७ रनमै समेटियो नेपाल, नामिबियासामु सामान्य लक्ष्य

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमा अलआउट भएको छ। जितका लागि अब नामिबियाले १५८ रन बनाउनुपर्नेछ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३१ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ३०, गुल्सन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रनको योगदान दिए। तर कुनै पनि नेपाली ब्याटरले अर्धशतक बनाउन सकेनन्।

नामिबियाका लागि जेजे स्मिट घातक साबित भए। उनले ९.५ ओभरमा २७ रन खर्चेर ६ विकेट लिँदै नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारे। यस्तै बर्नार्ड स्कोल्जले २ तथा ज्याक ब्रसेल र जान निकोल लोफ्टी–इटनले समान १–१ विकेट लिए।

नेपालले प्रतिस्पर्धात्मक लक्ष्य खडा गर्न नसके पनि अब जितका लागि बलरहरूको उत्कृष्ट प्रदर्शन आवश्यक हुनेछ। १५८ रनको सामान्य लक्ष्य रक्षा गर्दै नेपालले बलिङमार्फत पुनरागमन गर्न सक्छ कि सक्दैन भन्नेमा सबैको नजर रहनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट