२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

आईसीसी क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नामिबिया भिड्दै, जितसहित सुखद सुरुआत गर्ने लक्ष्य

मंगलवार , श्रावण ५, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले आज (मंगलबार) नामिबियाविरुद्ध खेल्दै आफ्नो अभियानको सुरुआत गर्दैछ।

नेपाल र नामिबियाबीचको खेल नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

यस त्रिकोणात्मक शृङ्खलामा नेपालले आयोजक नेदरल्यान्ड्स र नामिबियासँग दुई–दुई खेल गरी कुल चार वटा खेल खेल्नेछ । तालिका अनुसार नेपालले जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष चारमा पर्न नेपाललाई जित्नैपर्ने दबाब

विश्वकप लिग–२ को शीर्ष चारभित्र रहेर आगामी चरणको यात्रा सुरक्षित गर्न नेपालका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण मानिएको छ। लिग–२ अघि बेलायतमा विशेष तयारी गरेको नेपाली टोलीले जर्सीविरुद्धका दुवै अभ्यास खेल जित्दै उच्च मनोबलका साथ नेदरल्यान्ड्स पुगेको हो ।

हालसम्मको अंकतालिका अनुसार नेपाल २८ खेलबाट २४ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ । नामिबिया २२ अंकसहित सातौँ स्थानमा छ भने आयोजक नेदरल्यान्ड्स ३२ अंकका साथ तेस्रो स्थानमा छ ।

अंकतालिकामा अमेरिका ४३ अंकसहित शीर्ष स्थानमा, स्कटल्यान्ड ३८ अंकसहित दोस्रो र ओमान ३१ अंकसहित चौथो स्थानमा रहेका छन् । यस्तै क्यानडा २४ अंकसहित छैटौँ र युएई १४ अंकसहित पुछारमा छन् । शीर्ष चारमा पर्न नेपालले बाँकी खेलहरूमा धेरैभन्दा धेरै जित निकाल्नुपर्ने दबाब छ ।

नेपाली टोली

कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको १५ सदस्यीय टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

यस्तै सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट