२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

स्पेन १६ वर्षपछि विश्व विजेता: अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै उचाल्यो फिफा विश्वकपको ट्रफी

सोमवार , श्रावण ४, २०८३

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा आइतबार राति सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल खेलमा अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि जितेको छ। सन् २०१० मा पहिलो पटक विश्वकपको उपाधि जितेको स्पेन १६ वर्षको लामो प्रतीक्षापछि पुनः विश्व फुटबलको शिखरमा फर्किएको हो ।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीले निकै प्रतिस्पर्धात्मक र रक्षात्मक खेल प्रदर्शन गरेका थिए। गोलरहित बराबरीमा रहेको खेलको निर्धारित समयको अन्तिमतिर अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित हुन पुग्यो। १० खेलाडीको दबाबमा रहेको अर्जेन्टिना विरुद्ध स्पेनले अतिरिक्त समयमा आक्रामक खेल प्रस्तुत गर्‍यो।

खेलको १०६औँ मिनेटमा स्पेनका फेरान टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भएको बललाई आफ्नो देब्रे खुट्टाले शक्तिशाली प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली चुमाउँदै स्पेनलाई अग्रता दिलाए। टोरेसको यही निर्णायक गोल नै स्पेनको उपाधिका लागि पर्याप्त बन्यो।

यो विश्वकप जितसँगै स्पेनले विश्व फुटबलमा नयाँ कीर्तिमानहरू समेत कायम गरेको छ। स्पेनले यस प्रतियोगिताका आठ खेलहरूमा मात्र एक गोल ब्यहोरेको छ, जुन कुनै पनि विश्वकप विजेता टोलीले प्रतियोगिताभरि खाएको सबैभन्दा कम गोल हो। साथै, स्पेन आफ्ना पछिल्ला ३८ खेलहरूमा अपराजित रहँदै युरोपेली फुटबल इतिहासकै सबैभन्दा लामो अपराजित यात्राको कीर्तिमान बनाउन सफल भएको छ। यसअघि इटालीको नाममा रहेको ३७ खेलको अपराजित रेकर्डलाई स्पेनले तोडेको हो।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना यस पटक भने आफ्नो उपाधि रक्षा गर्न असफल रह्यो। फाइनलमा पराजित भएसँगै लगातार दोस्रो पटक विश्वकप जित्ने अर्जेन्टिनाको सपना पूरा हुन सकेन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट