logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

    सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

    329
    Shares
    सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

    सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारस्थित सुपरमार्केटमा ठेला लिए आइपुग्छन्। ठेलामा माटोका भाडामा पानी, चनाको सातु, प्याज र कागती रहेको हुन्छ ।

    उनको ठेला देख्नेबित्तिकै सातु पिउने मानिसको भीड हुन्छ । उनको सातु स्वादिष्ट हुने गरेको उपभोक्ताको भनाइ रहेको छ । उनले भने, “ठेला राम्रो छैन तर ग्राहक सातु खुवाएर सन्तुष्टि छन् । सातु बिक्री गरेर मासिकरुपमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ ।”

    गर्मीयामका बेलामा एक लाख रुपैयाँ मासिक कमाउने गरेको र चिसोको बेलामा आम्दानी हुने उनको भनाइ रहेको छ । चिसोका बेलामा दैनिक रूपमा एक सयदेखि एक सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको छ भने गर्मीका बेलामा दुई सयदेखि दुई सय ५० गिलाससम्म सातु बिक्री हुने गरेको उनले बताए ।

    उनले करिब पाँच वर्षदेखि इनरुवाको मुख्य बजारमा सातु बिक्री गर्दै आएका छन् । उनले विगतका वर्षमा विभिन्न व्यापार गर्दा असफलता प्राप्त भएकामा यस व्यापारले राम्रो फाइदा हुने गरेको बताए ।

    दैनिक रूपमा सामग्री महँगिँदै गएका बेलामा प्रति गिलास सातुको रु ४० लिने गरेको उनको भनाइ छ । दैनिक रूपमा चार हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँ सम्मको बिक्री हुने गरेकोमा खर्च कट्टा गरेर मासिक रूपमा ५० हजारदेखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पौदारले बताए ।

    सातु बेचेरै छोरीको बिहे गर्नुका साथै पाँच घरपरिवार चलाउँदै आएको उनले बताए । आर्थिक अभावका कारणले आफ्नो उपचार गराउनका लागि समस्या भएको बेलामा सातुको आम्दानीले आफ्नो उपचार गराउनका लागि समेत सफल भएको उनको भनाई छ ।

    एक लाखदेखि दुई लाख रुपैयाँ खर्च गरेर विदेशमा गएर ४० हजारदेखि ५० हजार आम्दानी गर्दै आएकोमा आफू सोही बराबरको लगानीमा घरमै बसेर राम्रो आम्दानी गर्दै आएको र दैनिक रूपमा सयौँ साथीभाइसँग भेट समेत गर्दै आएको उनले बताए । उनले भने, “स्वदेशमै काम गरे वैदेशिक रोजगारीका लागि अर्काको देशमा पसिना बगाउनुपर्दैन । ”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend