logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपाल आईसीसी यु–१९ महिला विश्वकपमा छनोट

    नेपाल आईसीसी यु–१९ महिला विश्वकपमा छनोट

    1.1K
    Shares
    नेपाल आईसीसी यु–१९ महिला विश्वकपमा छनोट

    काठमाडौं । नेपाल आईसीसी यु–१९ टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ । बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु–१९ महिला विश्वकपमा छनोट भएको हो ।

    नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा रोक्दै नेपालले सामान्य लक्ष्य पाएको थियो ।

    यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रन र साबित्री धामीले १२ रन बनाइन् ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४ विकेट लिइन् । उनले ४ ओभरमा १७ रन दिइन् ।

    नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने छ ।

    १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुङ्गो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनौटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

    जसमा अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, बागलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का र वेस्ट इन्डिज रहेका छन् ।

    त्यस्तै क्षेत्रीय छनौटबाट नेपालसहित नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् । यस विश्वकप खेल्ने १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । जसमा नेपाल समुह डी मा परेको छ । यस समुहमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड रहेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend