logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार

    क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार

    168
    Shares
    क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार

    काठमाडौं । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ । शनिबार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् ।

    विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताए ।

    कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भुमिका रहेको उल्लेख गर्दै सहयोगा लागि चीन सरकारलाई धन्यवाद दिए । उनले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरु आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभइ काठमाडौं जिल्लाभर सेवा बिस्तार गर्नुपर्ने बताए ।

    उनले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरुलाई निर्देशन समेत दिए ।

    उनले भने, ‘विश्वमा नै चर्चा भइरहेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भुमिका हुने भएकोले चीन सरकारले आज क्षेत्रपाटी चिकित्सालयलाई जुन गाडी उपलब्ध गरएको छ यसको लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । वातावरण स्वच्छ राख्न विद्युतीय गाडीको ठूलो महत्व छ । नेपालले सम्पूर्ण मित्र राष्ट्रहरुसँग राम्रो सम्बन्ध बनाउन चाहन्छौं भन्ने कुरा पनि आजको यस कार्यक्रमबाट पुष्टि भएको छ ।

    यस चिकित्सालयलाई अगाडि बढाउनका लागि सहयोगहरु जसरि आइरहेको छ अगामी दिनमा अझ तिब्र रुपमा बढोस् भन्ने कामना गर्दछु । यस चिकित्सालयले टोलबासीलाई मात्र नभएर काठमाडौंको सम्पुर्ण उत्तर पश्चिमतिरको क्षेत्रका नागरिकका लागि सेवा बिस्तार गरोस् । सेवा सुविधालाई थप प्रभावकारी बनाओस् भन्ने शुभकामना दिन चाहन्छु । यसका लागि सबै लाग्नुहोस् ।’

    उनले विं स. २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आईपुग्दा अस्पतालको रुपमा विकास हुनु खुशीको कुरा भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend