logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छ : अध्यक्ष ढकाल

    गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छ : अध्यक्ष ढकाल

    140
    Shares
    गौतम बुद्ध विमानस्थलको दिगो सञ्चालन आवश्यक छ : अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा सञ्चालन गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघद्धारा आज भैरहवामा आयोजित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्र्रियालाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले भने – ‘अहिले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएका छन्, यत्तिमै चित्त बुझाएर बस्ने कुरा हुँदैन, सबै लागौँ, भोलिका दिनमा पनि यहीँबाटै उडान गर्नुपर्ने खाँचो र आवश्यकताको बोध राज्यलाई नै गराउँ र यसलाई दिगो बनाउँ ।’

    अहिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको मर्मतका कारण यहाँबाट अन्तराष्ट्रिय उडानहरु भइरहेकाले यहाँ आएका मानिसहरुका लागि अब के कुराको आवश्यकता छ । यहाँ आउने स्वदेशी तथा विदेशी यात्रु तथा पर्यटकले के कुराको खाँचो र आवश्यकता महसुस गर्छन् त्यसको अनुसन्धान गरेर परिपूर्तिका लागि यहाँका व्यवसायीहरु लाग्नुपर्ने खाँचो उनले औँल्याए ।

    अध्यक्ष ढकालले सो विमानस्थलको योजना बनिरहँदादेखि आजसम्म यहाँ अरबौँ अरब रुपैयाँका होटल एवं संरचनाहरु निर्माण भएका भए पनि यहाँबाट उडान हुन नसक्दा धेरै व्यवसायीहरु निकै समस्यामा परिरहेका छन् । त्यसैले यस विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि उद्योग वाणिज्य महासंघ र व्यक्तिगत रुपमा आफू पनि निकै लागेको स्मरण उनले गरे ।

    अध्यक्ष ढकालले भने – ‘अहिले यहाँ पर्यटक तथा विदेश जाने र आउने नेपालीहरु भरिभराउ भएको देख्दा खुसी लागेको छ । तर यो खुसीलाई क्षणिक नबनाउन यहाँका स्थानीय व्यवसायीहरुको पनि भूमिका रहन्छ । यहाँहरु पनि लाग्नुपर्छ । भोलि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको सञ्चालन पूर्ण रुपमा हुन थालेपछि पनि हामीले यहाँको खाँचो महसुस गराउन आफैँ लाग्नुपर्छ । जसका कारण यो विमानस्थलको सञ्चालन दिगो बन्न जानेछ ।’

    अध्यक्ष ढकालले तर पछिल्लो समयमा सकारात्मक भन्दा नकारात्मकताको प्रचार धेरै हुने गरेकोमा भने उहाँले दुःख व्यक्त गरे । उनले आफूले के गरेँ र के गर्दैछु भन्ने भन्दा पनि अर्काले के गरिरहेको छ भनेर आलोचना गर्ने प्रवृत्ति बढेको बताए ।

    उनले भने – ‘यो वा त्यो भनेर बस्नुभन्दा पनि अहिले के गर्नुपर्छ त्यही काम गरौँ र देशमा काम गर्ने वातावरणको सिर्जना गरौँ । यो विमानस्थललाई दिगो बनाउनका लागि यस क्षेत्रको एक लगानीकर्ताका हिसाबले मैले के गर्नुपर्छ त्यसका लागि म पनि तयार छु ।’

    सो कार्यक्रममा उपस्थित संस्कृति तथा पर्यटनमन्त्री बद्री पौडेललाई अध्यक्ष ढकालले गौतम बुद्ध विमानस्थललाई दिगो रुपमा सञ्चालनको प्रबन्ध गर्न, यहाँ आवश्यक पर्ने कार्यालय तथा संरचनाहरु निर्माण गरिदिन र कर्मचारीहरुको पनि आवश्यक प्रबन्ध गर्न आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend