logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता

    पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता

    119
    Shares
    पर्वत जिल्लामा सबैभन्दा बढी आयकर दाखिला गर्दै द क्लिफ बन्यो उत्कृष्ट करदाता

    कुस्मा । बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रुपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ ।

    पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस-२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो ।

    कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार‌ श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस-२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

    राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।

    बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ चेयर लगायत गतिविधि सञ्चालनमा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend