काठमाडौँ । विनु यादवले सर्वोच्चको गेटमा कालो मसी छ्यापेकी छन् । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी उनले सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी हुन् ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । उनले कालो रंग सर्वोच्चको बोर्डमा फ्याँकेकी छन् ।
‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा कालो मसीले पोतिएको छ ।