logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेकपा विभाजनपछि चिनियाँ राजदूतको दौडधुप : अध्यक्ष प्रचण्डसँग भेटघाट

    नेकपा विभाजनपछि चिनियाँ राजदूतको दौडधुप : अध्यक्ष प्रचण्डसँग भेटघाट

    3K
    Shares

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला निकै सक्रिय भएको चिनियाँ राजदूत होउ यान्छी नेकपा विभाजनपछि पनि उसैगरी दौडधुपमा व्यस्त छिन् ।

    नेकपा विभाजनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग ७ पुसमा एक घण्टा छलफल गरेकी यान्छीले आज (बिहीबार) बिहानै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेकी छिन् ।

    उनीहरूबीच आधा घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । ‘पार्टी विभाजनपछिको घटनाक्रमका विषयमा चिनियाँ राजदूतले अध्यक्ष ज्यूसँग छलफल गर्नु भएको छ,’ प्रचण्डको सचिवालयका एक सदस्यले भने ।

    नेकपाको विभाजन रोक्नका लागि चीनले बारम्बार शीर्ष तहका नेतासँग संवाद गरेको थियो । गत महिना नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले राष्ट्रपति भण्डारीलाई चीनको चाहना पार्टी विभाजन नरहेको सन्देश समेत दिएका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend