logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • दक्षिण कोरियामा मार्सल ‘ल’ : संसदमा हंगामा भएपछि पछिहटे राष्ट्रपति

    दक्षिण कोरियामा मार्सल ‘ल’ : संसदमा हंगामा भएपछि पछिहटे राष्ट्रपति

    966
    Shares
    दक्षिण कोरियामा मार्सल ‘ल’ : संसदमा हंगामा भएपछि पछिहटे राष्ट्रपति

    काठमाडौं । दक्षिण कोरियाली संसदमा हंगामा भएपछि राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम सच्याउन बाध्य भएका छन् । सांसदहरुले सदनमा त्यसको कडा प्रतिवाद गरेपछि राष्ट्रपति यू मार्सल ‘ल’ लागू गर्ने घोषणा गरेको केही घण्टा मै पछि हट्नु परेको हो ।

    सिओलको नेशनल ऐसम्ब्ली अर्थात् राष्ट्रिय सभामा उपस्थित १९० जना सांसदहरुले सर्वसम्मत रुपमा राष्ट्रपतिको यो कदमलाई खारेज गरिदिएका हुन् । राष्ट्रपतिको कदमलाई लिएर संसदबाहिर समेत व्यापक प्रदर्शन भएको छ ।

    राष्ट्रपति यू आदेशबाट पछिहटे लगत्तै नेशनल ऐसेम्लीमा खटाइएका सैनिकलाई समेत फिर्ता बोलाइएको छ । यद्यपि, राष्ट्रपति यूको मार्सल ल घोषणाबाट अमेरिकी विदेश विभागका अधिकारीहरु पूरै सतर्क भएर बसेका छन् ।

    यो घटनाले वाशिंटन र सियोलको रणनीतिक महत्वको गठबन्धन दुर्घटनामा पर्नबाट जोगिएको बहस हुन थालेको छ भने वाशिंटनलाई नबताई सियोल नेतृत्वले यति कठोर कदम उठाउनु भनेको असाधारण भएको भनी चिन्ता गरिएको छ । विदेशमन्त्री एन्टोनी ब्लिंकन ब्रसेल्समा भएका बेला उठाइएको यो कदमलाई लिएर अमेरिका अचम्मित भएको छ । एजेन्सी

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend