logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • डिजिटल मुद्रा : ‘बिटकोइन’ देखि ‘एक्सआरपी’ सम्म, यस्तो छ अर्थ ?

    डिजिटल मुद्रा : ‘बिटकोइन’ देखि ‘एक्सआरपी’ सम्म, यस्तो छ अर्थ ?

    287
    Shares
    डिजिटल मुद्रा : ‘बिटकोइन’ देखि ‘एक्सआरपी’ सम्म, यस्तो छ अर्थ ?

    बीबीसी । गत नोभेम्बरमा बिटकोइनको मूल्य अहिलेसम्मकै उच्च बनेपछि क्रिप्टोकेन्सीसम्बन्धी जटिल विषय पुन चर्चामा आयो।

    क्रिप्टोबजार ‘ब्लकचेन’ देखि ‘ईटीएफ’ सम्म त्यस्ता शब्दहरूले भरिएको छ जसले यसका डिजिटल मुद्राका अचानक उतारचढाव हुने भाउले झैँ चमत्कृत तुल्याउन सक्छन्।

    बिटकोइन

    क्रिप्टोका मसिना कुराहरू बुझ्न सङ्घर्ष गरिराखेका बेला धेरैजसोले यसको एउटा प्रसिद्ध उत्पादनका बारेमा सुनेको हुनुपर्छ स् बिटकोइन। तर यो वास्तवमा के होरु

    बिटकोइन एउटा क्रिप्टोकरेन्सी हो। अर्को शब्दमा यसलाई एक प्रकारको डिजिटल मुद्रा पनि भन्न सकिन्छ। डलर वा पाउन्डजस्ता परम्परागत मुद्राहरू झैँ यो कुनै केन्द्रीकृत वित्तीय निकायद्वारा नियन्त्रित गरिँदैन। यो विशेषताले यसलाई विकेन्द्रीकरणले वित्तीय स्वतन्त्रता पैदा गर्छ भन्ने ठान्नेहरूमाझ लोकप्रिय बनाउँछ भने यसका कारण बजारमा आउने लहरले यसको मूल्यलाई तलमाथि पारेर अस्थिर पनि बनाउँछ।

    डोनल्ड ट्रम्पले अमेरिकी निर्वाचन जित्दा सन् २०२४ को विशेष गरी नोभेम्बर महिनामा यसको मूल्य बढ्यो। लामो समयदेखि लगानीकर्ताहरू बिटकोइनको मूल्य एक लाख डलर पुग्ने आशामा थिए र यसको मूल्य नोभेम्बरको अन्त्यमा ९९ हजारभन्दा माथि पुग्यो।

    तर यसको मूल्य जति तीव्रताका साथ बढ्छ, त्यति नै तीव्रताका साथ घट्ने पनि गरेको देखिन्छ।

    बिटकोइन ‘हाभिङ’

    बिटकोइन ब्लकचेनमा आधारित हुन्छ। उक्त प्रणालीलाई माइनरहरूले धानेका हुन्छन्, जसको काम कारोबारलाई मान्यता प्रदान गर्नु हो। त्यसो गरेबापत उनीहरूलाई क्रिप्टोकरेन्सी भुक्तानी गरेर पुरस्कृत गरिन्छ।

    तथापि अन्य डिजिटल मुद्राका विपरीत बिटकोइनको अनन्त आपूर्ति छैन। यसको माइनिङ गर्न सकिने सीमा २ करोड १० लाख छ र अधिकांश पहिल्यैदेखि प्रयोगमा छन्।

    तसर्थ मोटोमोटी प्रत्येक चार वर्षमा अथवा बिटकोइन ब्लकचेन एउटा निश्चित सङ्ख्यामा पुगेपछि कारोबारलाई मान्यता दिएबापत माइनरहरूलाई पुरस्कारका रूपमा दिइने बिटकोइनलाई आधा पारिन्छ। पछिल्लोपटक उक्त कार्य सन् २०२४ को एप्रिलमा गरिएको थियो, जसमा माइनरको पुरस्कारलाई ६.२५ बिटकोइनबाट झारेर ३.१२५ बनाइएको थियो।

    यसले बिटकोइनको आपूर्तिलाई लामो समयसम्म कायम राख्ने सुनिश्चित गर्छ, अर्थात् सैद्धान्तिक रूपमा समयक्रमसँगै माग बढ्दै जाने बताउँछ। तर माइनरहरूलाई थोरै बिटकोइन दिइँदा उनीहरूलाई शक्तिशाली कम्प्युटर चलाएर कारोबार धान्ने काम वित्तीय रूपमा फाइदाजनक छ कि छैन भने सोच्न समेत प्रेरित गर्न सक्छ।

    ब्लकचेन

    ब्लकचेन त्यस्तो प्रविधि हो जसमा सबै क्रिप्टोकरेन्सीहरूका साथै ‘नन–फन्जिबल’ टोकन्स (आरएफटीज)जस्ता सम्बन्धित उत्पादनहरू पनि आधारित हुन्छन्। सङ्क्षेपमा भन्दा यो त्यस्तो ‘भर्चुअल स्प्रेडसीट’ हो जसमा क्रिप्टो किनबेचका सारा विवरण राखिएको हुन्छ। ती विशाल श्रृङ्खलामा एकअर्कासँग व्यवस्थित रूपमा जोडिएका हुन्छन्, त्यसैले यसलाई ब्लकचेन भनिएको हो।

    स्वयंसेवीहरूको विशाल सञ्जालले कारोबारको प्रामाणिकतालाई पुष्टि गर्न कम्प्युटर प्रोग्र्यामद्वारा ब्लकचेनमा हरेक क्रिप्टोकरेन्सी कारोबारको भिन्दै विवरण राख्छ।

    बिटकोइन सञ्जाललाई त्यसो गर्न प्रेरित गर्ने कुरा के हो भने कारोबारलाई मान्यता प्रदान गर्ने पहिलो व्यक्तिलाई पुरस्कृत गरिन्छ।

    ‘माइनि’ भनिने सम्भावित रूपमा आकर्षक यो प्रक्रिया विवादास्पद पनि छ किनकि संसारका मानिसहरूबीच ब्लकचेन अद्यावधिक गर्ने पहिलो व्यक्ति बन्ने होडबाजी चल्दा ‘माइनिङ’का क्रममा अविश्वसनीय मात्रामा ऊर्जा खपत हुन्छ।

    क्रिप्टो एक्सचेन्ज

    ‘क्रिप्टो एक्सचेन्ज’ त्यस्तो ‘डिजिटल प्ल्याट्फर्म’ हो जहाँ लगानीकर्ताले क्रिप्टोकरेन्सीहरूको किनबेच तथा व्यापार गर्न सक्छन्।

    परम्परागत लगानीजस्तै क्रिप्टो एक्सचेन्जले मध्यस्तकर्ताको काम गर्छ, जसमार्फत् मानिसहरूले पाउन्ड वा डलरजस्ता परम्परागत मुद्रालाई बिटकोइन वा इथेरियमजस्ता क्रिप्टोकरेन्सीहरूमा स्थानान्तरण गर्न सक्छन्।

    यसका अधिकांश कारोबारमा शुल्क लाग्छ।

    क्रिप्टो वालेट

    क्रिप्टो वालेट लगानीकर्ताहरूले क्रिप्टोकरेन्सी राख्ने ठाउँ हो। परम्परागत वालेटमा नगद राखिएजस्तै यसमा ‘भर्चुअल सम्पत्तिहरू’ राखिन्छन्।

    यसका पनि ‘हट वालेट’ र ‘कोल्ड वालेट’ गरी दुई प्रकार छन्। ‘हट वालेट’ इन्टरेनटसँग जोडिने भएकाले द्रुत कारोबार गर्न सकिने र सहजै पहुँच पाइने किसिमको हुन्छ भने ‘कोल्ड वालेट’ विशेष रूपले बनाइएको ‘युएसबीहरू’ जस्तै भौतिक उपकरण हो जसमा सुरक्षाका निम्ति र लामो समय भण्डारण गर्नका निम्ति क्रिप्टोलाई ‘अफलाइन’ राखिन्छ।

    इथेरिअम
    ‘इथेरिअम’ शब्दको प्रयोग बिटकोइनपछिको दोस्रो ठूलो क्रिप्टोकरेन्सी (जसलाई ‘इथर टोकन’मार्फत् दर्साइन्छ) र यो आधारित हुने ब्लकचेनलाई जनाउन गरिन्छ। ‘नन–फन्जिबल टोकन्स’जस्ता धेरै किसिमका एप्लिकेशन तथा डिजिटल सम्पत्तिहरू यसमा आधारित छन्।

    यसले बिटकोइन तथा अन्य क्रिप्टोकरेन्सीहरूले जस्तै गरी कार्य गर्छ, तर यो सन् २०२२ मा सञ्चालनका निम्ति कम कम्प्युटर तथा ऊर्जा आवश्यक पर्ने ‘हरित’ सञ्चालन पद्धतिमा सरेको छ।

    एक्सचेन्ज–ट्रेडेड फन्ड्स (ईटीएफ)

    ‘ईटीएफ्स’ भनेको भिन्दाभिन्दै रूपमा खरिद नगरीकन विभिन्न सम्पत्तिहरूमा लगानी गर्न सकिने ‘लगानी पोर्टफोलियो’ हरू हुन्। यो स्टक एक्सचेन्जहरूमा शेअर कारोबार गरेजस्तै हो, जसमा तिनको मूल्य तिनले समेट्ने सुनचाँदी वा विभिन्न कम्पनीहरूका शेअरजस्ता सम्पत्तिहरूले वास्तविक समयमा गर्ने प्रदर्शनका आधारमा घटीबढी हुन्छ।

    एउटा ‘स्पट’ बिटकोइन ईटीएफले दिनभर कायम मूल्यको आधारमा प्रत्यक्ष रूपमा क्रिप्टोकरेन्सी खरिद गर्छ। कुनै कुनै इटिएफ्समा पहिल्यै बिटकोइन समाविष्ट हुन्छ। सन् २०२४ मा अमेरिकाले केही ‘स्पट बिटकोइन इटीएफ’लाई अनुमति दिएसँगै ‘ब्ल्याकरक’ र ‘फिडेलिटी’जस्ता लगानी व्यवस्थापन गरिदिने कम्पनीहरूलाई सजिलो भयो। उनीहरूले डिजिटल वालेट वा क्रिप्टो एक्सचेन्जको चिन्ता लिइरहन परेन।

    ‘स्टेबलकोइन्स’

    यसमा ‘स्टेबल’ अर्थात् स्थिर मुख्य शब्द हो। मूल्य धेरै तलमाथि नहुने गरी बनाइएको हुँदा यो क्रिप्टोकरेन्सी अन्यभन्दा भिन्न छ।

    समान्यतयास् यसले अमेरिकी डलर वा पाउन्ड स्टर्लिङजस्ता अस्तित्वमा रहेका अन्य सम्पत्तिसँग जोडिएर काम गर्छ। तसर्थ सिद्धान्ततस् त्यस्ता सम्पत्तिसँग नजोडिएका अन्य क्रिप्टोकरेन्सीहरूको तुलनामा यसको मूल्य अधिक स्थिर हुने ठानिन्छ।

    ‘स्टेबलकोइन’हरू प्रायस् प्रदायक कम्पनीहरूको नियन्त्रणमा हुन्छन्। यसका कारोबारहरूको डिजिटल लेखा राखिन्छ। केहीले यसलाई वित्तको भविष्यका रूपमा हेरिरहँदा ठूलो स्तरमा घटेको स्टेबलकोइनको मूल्यले यसको स्थिरता र लगानीकर्ताहरूको जोखिमबारे नियामकहरूलाई सतर्क बनाएका छन्।

    ‘एक्सआरपी’

    ‘एक्सआरपी’भनेको ‘एक्सआरपी लेजरु भनिने ‘प्ल्याटफर्म’द्वारा प्रयोग गरिने क्रिप्टोकरेन्सी हो। सन् २०१२ मा बिटकोइनको छिटो र सस्तो विकल्पका रूपमा वित्तीय सेवा प्रदायक कम्पनी ‘रिपल ल्याब’ले यसको सहसिर्जना गरेको थियो।

    यो क्रिप्टोकरेन्सीको १ खर्बवटा सिक्काको निश्चित आपूर्ति छ। यसलाई विकास गरिएकै बेला ती सिर्जना गरिएका थिए। तीमध्ये धेरैजसो रिपलले आफैँसँग राखेको छ र आवधिक रूपमा वितरण प्रणालीमा थप्ने गर्छ।

    बिटकोइनजस्ता क्रिप्टोकरेन्सीका विपरीत एक्सआरपीको प्रयोगमार्फत् गरिएका कारोबारलाई सहमितका आधारमा पुष्टि गर्ने गरिन्छ, जहाँ कारोबारलाई पुष्टि गर्दै त्यसलाई ब्लकचेनमा जोड्नुअघि यसका ‘पिअर–टु–पिअर नेटवर्क’का अधिकांश पुष्टिकर्ताहरू त्यसो गर्ने कि नगर्ने भन्नेबारे सहमत हुनुपर्छ।

    एक्सआरपीलाई एकैसाथ धेरै कारोबार गर्न सकिने, उच्च गतिको र कम खर्चिलो मानिन्छ। यी विशेषताले यो वित्तीय संस्था वा अन्तरसीमा भुक्तानी प्रकियाका निम्ति आकर्षक बनेको छ।

    तर अन्य क्रिप्टोकरेन्सीहरूले जस्तै यसले पनि मूल्यमा गिरावटको सामना गर्नुका साथै नियामकहरूको छानबिनको सामना गरेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend