logo

२०८१ मंसिर २० बिहिबार

logo
  • बिहिबार, २० मंसिर २०८१
  • न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छ : मुख्यमन्त्री सिंह

    न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छ : मुख्यमन्त्री सिंह

    280
    Shares
    न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छ : मुख्यमन्त्री सिंह

    मधेस प्रदेश । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको आरोप लगाएका छन् ।

    मधेस प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायाधीश नियुक्ति हुँदा मधेसी कोटा रहे पनि सोअनुसार नियुक्ति हुन नसकेको बताए ।

    उनले मधेसीहरुको योग्यता नपुगको भए सुधार गर्नुपर्ने भन्दै यथार्थ जानकारी दिन संघ सरकारसँग माग गरे । उनले मधेसमा शिक्षाको स्थिति नाजुक बनिसकेको भन्दै शिक्षामा सुधार गर्नुपर्ने बताए ।

    उनले भने, ‘हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति यस्तो भइसक्यो की अब हाम्रो मधेस प्रदेशको शिक्षा स्थिति कोमामा पुगिसकेको छ । यो कोमाबाट निकाल्नका लागि माथिदेखि तलसम्म अब सोचको परिवर्तन गर्नुपर्छ । न्यायाधीश नियुक्ति हुँदा त्यहाँ कतै कतै मधेसी कोटाहरुमा बेइमानी जस्तो भएको महशुस भइरहेको छ । संघीय मन्त्रीज्यु यहाँ हुनुहुन्छ, यहाँका न्यायाधीशको क्वालिटी नै भएन की भन्ने हो भने त्यसमा सुधार गर्नुपर्छ । बिस्तारै हामी सुधारतिर लैजानुपर्छ ।’

    मुख्यमन्त्री सिंहले बालविवाह मधेस प्रदेशमा मुख्य चुनौतिको विषय बनेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend