logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • सलमानको कहानी : बचपनदेखि ५५ सम्म 

    सलमानको कहानी : बचपनदेखि ५५ सम्म 

    2.3K
    Shares

    पुस १२ काठमाडाैँ, बलिउडमा दबंग खानको पहिचान बनाएका सलमान खानको आइतबार जन्मदिन परेको छ । उनले पनवेलमा रहेको आफ्नो फार्महाउसमा जन्मदिन मनाउने छन् । आफ्नो जादुमय अभिनयले कयौँ दर्शकको मनमा छाप बनाउन सफल अभिनेता सलमान आइतबारदेखि ५५ वर्षका भएका छन् । 

    सलमान खान बलिउडमा सल्लू, भाइजान र दबंगको नामले चर्चित छन् । सलमान बाल्यकालदेखि नै निकै चकचके स्वभावका थिए ।

    बलिउडका दबंग खान सलमान अभिनेता भन्दा पनि उनी निर्देशक बन्न चाहन्थे । यद्यपी उनको स्टाइलिस लुकका कारण उनलाई सधैँ अभियन गर्न सुझाव आउन थाल्यो । सलमानले १९८८ मा रिलिज भएको फिल्म ‘बीबी हो ते ऐेसी’ मा सहयोगी भूमिका निर्वाह गरेर बलिउडका कदम राखेका थिए ।

    उक्त फिल्मपछि उनले सुरज बडजात्याको रोमान्टिक ड्रामा फिल्म मैंने प्यार कियामा अभियन गरे । उक्त फिल्ममार्फत सलमानको निकै राम्रो चर्चा हुन लाथ्यो। यो फिल्म १९८९ को सबै भन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो । उक्त फिल्ममा सलमानलाई बेस्ट डेब्यू एक्टरको नोमिनेशन पनि मिल्यो ।

    ब्लकबस्टर हिट फिल्म मैंने प्यार किया पछि सलमान लगातार बाघी, पत्थर के फूल, सनम बेवफा, कुरबान र साजन, हम साथ साथ हैं, प्यार किया तो डरना क्या, तेरे नाम, करण–अर्जुन, चोरी–चोरी चुपके–चुपके जस्ता कयौं सुपरहिट फिल्ममा काम गरे ।

    अभियनको दुनियाँमा रहँदा सलमान आफ्नो प्रेमका कारण पनि निकै चर्चामा रहे । फिल्ममा आउनुपूर्व सलमान र संगीता बिजलानी रिलेशनशिपमा थिए । दुवैबीचको सम्बन्ध करिब दश वर्षसम्म चल्यो । 

    यद्यपी १९९६ मा आपसी असमझदारीका कारण उनीहरुको विवाद भने हुन सकेन । त्यसपछि सलमानको कयौं अभिनेत्रीसँग नाम पनि जोडियो । 

    सलमान १९९९ को फिल्म हम दिल दे चुके सनममा देखिए जहाँ उनी ऐश्वर्या रायसँग निकै नजिक भए । सलमान ऐश्वर्या रायप्रति निकै सकारात्मक थिए। बेला बेलामा सलमान ऐश्वर्याका सेटमा पनि जाने गर्थे । लगातार आपसी अमझदारी भएपनि ऐश्वर्या सलमानसँग अलग भइन् ।

    सलमान १९९९ मा त्यति बेला चर्चामा आए जतिबेला उनी विरुद्ध कालो हरिणको शिकार गरेको मुद्दा दर्ता भयो ।

    फिल्म हम साथ साथ है को सुटिङका क्रममा सलमान विवादमा आएका थिए । यो विषयमा सलमानले केही पटक जेल पनि जानुपर्‍यो । त्यस बाहेक सलमान हिट एण्ड रन केसका कारण पनि निकै विवादमा रहे ।

    सन् २०१५ मा सलमान खान ५० वर्षका भएका थिए । त्यही साल उनकाे बजरंगी भाइजान निकै राम्राे कमाइ गरेकाे थियाे । 

    उनकाे सबैजसाे चलिचत्रले राम्राे ओपनिङ गरिरहेकाे छ । पछिल्लाे समय उनकाे सबैभन्दा कमजाेर मानिएकाे चलचित्र ट्यूबलाइटले पनि १२० कराेड भारतीय रुपैयाँ कमाएकाे थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend