logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • रवि लामिछानेमाथि गरिएको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न प्रचण्डको आग्रह

    रवि लामिछानेमाथि गरिएको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न प्रचण्डको आग्रह

    917
    Shares
    रवि लामिछानेमाथि गरिएको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गरिएको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोक्न सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

    उनले अदालतबाट दोषी ठहर नभएका र अत्याधिक जनमतद्वारा निर्वाचित सभापति लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् ।

    उनले भनेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु।’

    सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

    त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    मङ्सिर २० मा मध्यराति १२ बजे प्रहरीले लामिछानेलाई चितवनबाट पोखरा लगेको थियो ।सोहि कारण लामिछानेलाई अमानविय व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend