logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • जनसंख्या नीतिमा सबैकुरा समेटिन आवश्यक छ : मन्त्री पौडेल

    जनसंख्या नीतिमा सबैकुरा समेटिन आवश्यक छ : मन्त्री पौडेल

    217
    Shares
    जनसंख्या नीतिमा सबैकुरा समेटिन आवश्यक छ : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै कुरा समेटिएको जनसंख्या नीति आवश्यक रहेको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्ने भएकाले जनसंख्या नीतिमा सबैकुरा समेटिन आवश्यक रहेको उल्लेख गरे । उनले जनसंख्या नीति बनाउने कुरा सरकारले प्राथमिकतामा राख्न नसकेको बताए ।

    उनले सरकारले जनसंख्या नीति बनाउने हो भने प्राथमिकतामा राख्नुपर्ने बताए । उनले जनसंख्याको राष्ट्रिय नीति बनाउन विश्वविद्यालयमा रहेका जसनंख्या विभागहरुले विशेष पहल गर्नुपर्ने बताए । उनले जनसंख्या मन्त्रालयले नीति मात्रै बनाउने हो र कार्यान्वयन गर्ने अर्को निकाय बनाउने भए शुरुवातमै स्पष्ट हुनुपर्ने बताए ।

    उनले भने, ‘सम्पूर्ण कुरा समेटिएको जनसंख्या नीति ल्याउन जरुरी छ । जनसंख्या नीतिले नै देश निर्माणको आधार निर्माण गर्नसक्छ । जसरी राज्यले यो विषयमा प्राथमिकता दिनुपर्ने हो, त्यो राख्न सकेको छैन । यो निस्कर्षमा पुगौँ । प्राथमिकतामा राख्ने हो भने मेकानिजम बनाउँ पहिला । मेकानिजम बनाउँदा यो हेर्ने कसले हो ? देशभरको जनसंख्यासम्बन्धी नीति बनाउने कसले हो ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हो ? त्यो हो भने त्यसअनुसारको मेकानिजम निर्माण गर्नेगरी राज्यले छुट्याउनुपर्छ ।

    नीति बनाउने र कार्यान्वयन गर्ने फरक फरक निकाय हो भने त्यही भनौँ । नीति बनाउने काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो, कार्यान्वयन गर्ने अरु मेकानिजम हो भनौँ । त्यो कुरामा स्पष्ट हुुनपर्छ । छलफल मात्रै गरेर नीति बनाउनका लागि त्यस्तै कार्यान्वयन गर्नेगरी मेकानिजम आवश्यक पर्दैन ।’

    मन्त्री पौडेलले स्वास्थ्य सुविधा सहज र सर्वसुलभ ढंगबाट उपलब्ध हुनुपर्ने बताए । उनले स्वास्थ्यलाई सर्वसुलभ, सहज बनाउनका लागि स्वास्थ्य बीमा ५ लाख पुर्याउनुपर्ने र व्यवस्थित गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend