logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • याे आन्दाेलनकाे ट्रेलरमात्र हाे, आँधीहुरी आउन बाँकी छ : प्रचण्ड 

    याे आन्दाेलनकाे ट्रेलरमात्र हाे, आँधीहुरी आउन बाँकी छ : प्रचण्ड 

    2.9K
    Shares

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मंगलबार काठमाडौंमा भएको विरोधसभा ट्रेलरमात्र भएकाे बताएका छन् । 

    ‘यो आन्दोलनको सुरुवात मात्र हो ।  यो  आन्दोलन ट्रेलर मात्र हो । आँधुहुरी आउन बाँकी छ’, प्रचण्डले भने, ‘यो आन्दोलन प्रतिगामी कदम नसच्चिएसम्म नरोकिने उनले बताए ।’ 

    प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री केपी ओलीले इतिहासमा कहिल्यै नमेटिने कलंकको टीको लगाएको आरोप पनि उनले लगाएका छन् । यो आन्दोलन केपी ओलीको प्रवृत्तिविरुद्ध भएको प्रष्ट पारे । 

    केपी ओलीले कम्युनिस्ट आदर्श मूल्य मान्यता, विधि विधान र विचारबाट पनि स्खलित भइसकेको आरोप प्रचण्डको छ । ओली लोकतन्त्रवादी नभएर निरंकुश भएको प्रचण्डले बताए । वैशाखपछि केपी ओलीको नेपालको राजनीतिबाट पत्तासाफ हुनेसमेत प्रचण्डले बताएका छन् । 

    कपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माफी मागेका छन् । केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै उनले जनतासमक्ष माफी मागेका हुन् । 

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा टिप्पणी गर्दै भनेका छन्, ‘केपी ओली गणतन्त्रवादी नेता होइनन् भन्ने थाहा थियो । उहाँको बयलगाडाको सिद्धान्त हो भन्ने पनि थाहा थियो । उहाँ अहिले पनि बयलगाडामै हुनुहुन्छ ।’

    प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोधसभा भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक सिद्धान्तको विरुद्धमा रहेको आरोप लगाए । प्रचण्डले पार्टी एकताको प्रस्ताव लिएर सबैभन्दा पहिले आफूनै ओलीको निवासमा गएको स्मरण पनि गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend