logo

२०८१ पुष ३ बुधबार

logo
  • बुधबार, ३ पुष २०८१
  • विराटनगरको चार तारे होटल ‘विग’ : गेष्टले पाउँछन् सुविधै सुविधा

    विराटनगरको चार तारे होटल ‘विग’ : गेष्टले पाउँछन् सुविधै सुविधा

    1.1K
    Shares
    विराटनगरको चार तारे होटल ‘विग’ : गेष्टले पाउँछन् सुविधै सुविधा

     विराटनगर । २०७५ साल बैशाख १ देखि सञ्चालनमा आएको होटल विगले २०७९ साउनमा चार तारे होटलको मान्यता पाएको थियो । ५० करोड लगानीमा सञ्चालनमा आएको होटलमा ३० करोड थप लगानी गरेपछि पर्यटन मन्त्रालयले चार तारे होटलको मान्यता दिएको हो ।

    होटलले क्यासिनो, इनडोर स्विमिङ पुल, जिमक्लब, स्पा बाथ, हेल्थक्लब, जिम क्लब, युनिसेक्स सैलुन लगायतका थप सुविधा दिएको छ । होटलका प्रबन्धक सञ्जय शाहका अनुसार क्यासिनोको क्षमता ७० प्लेयरका लागि छ ।

    विराटनगरमा यसअघि रत्ना र स्वागतम गरी २ होटलले क्यासिनो सञ्चालन गरेका थिए । दुबै होटलले बन्द गरिसकेका छन् । विग होटलले विराटनगरमा पहिलो पटक जिमक्लब सञ्चालन गरेको हो । जिम क्लबमा ५० जनाको क्षमता रहेको छ ।

    विग होटलले सञ्चालन गरेको स्पा पनि विराटनगरकै पहिलो हो । होटलले महिला र पुरुषको लागि अलग अलग स्टिम बाथ र सोना बाथको निर्माण गरि सुविधा दिइरहेको छ । होटलको इनडोर स्विमिङ पुलमा ठूला व्यक्ति १५ जनाले सजिलै स्विम गर्न सक्ने शाहले जानकारी दिए । विगको स्विमिङ पुल ४ देखि ६ फिटसम्म गहिरो रहेको छ ।

    होटलले सञ्चालन गरेको हेल्थक्लबमा अत्याधुनिक उपकरण राखिएको छ र बिहान बेलुका सञ्चालन गरिने गरिएको छ । हेल्थक्लबमा एक पटकमा २५ जनाले एक्सरसाइज गर्न सक्ने जनाईएको छ ।

    होटलमा ६८ वटा कोठा रहेका छन् । होटलमा सुइट रुम ३, सुपर डिलक्स १० र डिलक्स ५५ वटा रहेका छन् ।
    विराटनगरको पाञ्चाली चोकमा ८ कठ्ठा १० धुर जमिनमा अवस्थित होटलमा काठमाडौंका उर्जा व्यवसायिद्धय वीरेन्द्र न्यौपाने र भरतबहादुर खत्रीको संयुक्त लगानी रहेको छ । विग होटलले प्रत्यक्ष रुपमा ८० जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा ३ सय जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

    होटलमा आउने गेष्टले पाउँछन् सुविधै सुविधा

    विराटनगरमा सञ्चालनमा रहेको चार तारे होटल विगमा बस्न आउने गेष्टले सुविधै सुविधा पाउने गरेका छन् । होटलमा भएको सबै सुविधा उपभोग गर्ने गेष्टका लागि बस्ने कोठा देखि धेरै सुविधा निशुल्क पर्न जान्छ ।

    ‘विग होटलमा कोठा बुक गर्नुभयो भने कोठा निशुल्क पर्न जान्छ’, होटलका प्रबन्धक शाहले भने, ‘किन भन्नुहुन्छ भने, इमेल, फोन कल वा जसरी कोठा बुक गर्नुभयो । त्यसपछि गेष्टले रिर्जबभेशन दिनुहुन्छ । त्यसबेला नै सोधिन्छ । तपाईहरुलाई पिकअप चाहिन्छ चाहिँदैन भनेर । चाहिन्छ भन्नुभयो भने फ्लाईट डिटेल्स लिन्छौं । फ्लाईइट अवतरणको बेला गाडि स्टेनबाइ रहन्छ । यो हाम्रो निशुल्क सुविधा हो ।’

    शाहका अनुसार होटलमा आएर चेकिङ गरिसकेपछि जिम क्लब र स्विमिङ पुल होटलले दिने निशुल्क सुविधा हो । विहानको ब्रेकफास्ट र चेकआउट भईसकेपछि एयरपोर्टसम्म गाडिले पुर्याईदिने सुविधा होटलले दिने निशुल्क दिने सुविधा भएको शाहले बताए । सबै होटलको आ—आफ्नो ब्राण्ड भएकाले पनि आफ्ना गेष्टलाई बेष्ट सुविधा दिने चाहना सबैको हुने बताउँदै उनले विगमा आएर बस्ने गेष्टले अरुलाई पनि बस्न आग्रह गर्ने गरेको बताए ।

    होटलमा पारिवारिक वातावरण रहेकाले पनि सबैको रोजाईमा होटल परेको छ । ‘हाम्रो होटलमा कर्मचारीमा सानो ठुलो भन्ने हुदैन’, शाहले भने, ‘पारिवारिक वातावरण छ । गेष्टले होटलको म्यानेजर को हो या कुन कर्मचारी कुन तहको हो भनेर थाहा नै पाउनुहुन्न । हामी सबैले पारिवारिक रुपमा काम गरिरहेका हुन्छौं । यसले गर्दा नी गेष्टलाई भनेजस्तो सुविधा दिन सकेका छौं ।’

    विराटनगरमा होटलमा लगानी आवश्यक

    विराटनगरमा अझै होटलमा लगानी आवश्यक रहेको प्रवन्धक शाहले बताए । विराटनगरमा ३ सयदेखि ४ सयसम्मको संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु भएभने एउटा होटलमा सम्भव नहुने बताउँदै उनले ४/५ वटा होटल बुक गर्दा पनि नहुने अवस्था रहेको बताए ।

    ‘चार तारे दुई ओटा मात्र होटल रहेको विराटनगरमा पाँच तारे होटलहरुको आवश्यक छ’, उनले भने, ‘होटलमा लगानीको सम्भावना विराटनगरमा धेरै छ । बोर्डर नजिक भएका कारण पनि नेपालको पूर्वी भागमा रहेका प्राकृतिक दृश्य हेर्न आउने पर्यटकको संख्या बढीरहेको कारणले पनि सम्भावना देखिएको उनको भनाई छ ।

    विगको आफ्नै ब्राण्ड छ । उनले भने, ‘सबैले आफ्नो आफ्नो उत्कृष्ट सेवा दिएर गेष्ट तान्ने हो । विराटनगरमा नाईट क्लवहरु, उत्कृष्ट खेलमैदानहरु अर्थात सम्भावना बोकेको क्षेत्रमा लगानी गर्ने हो भने पर्यटकहरुको आगमन बढी हुन्छ । एक व्यक्तिले एकतर्फी मात्रै नभई सबै क्षेत्रको व्यवसायमा सहयोग गरिरहेको हुन्छ ।’ विराटनगरलाई सेन्ट्रल प्वाईन्ट बनाएर पर्यटनको क्षेत्रमा थप काम पनि गर्न सकिने उनको भनाई छ ।

    विराटनगरको हकमा कोरोनापछि होटल व्यवसाय फस्टाएको छ । सबै होटलहरुले राम्रो गरिरहेको छ । होटलहरुमा चाहिने आवश्यक सुविधाहरु धेरै वा थोरै भएपनि समग्रहमा व्यवसाय राम्रो देखिएको प्रबन्धक शाहले बताए ।

    ‘सबैको आ आफनो ब्राण्ड छ । हामी आफ्नो ब्राण्डमा चलिरहेका छौं । अरु होटल आफ्नो आफ्नो ब्राण्ड लिएर छुट्टै बसेको छ । सबैको सेवा सुविधा फरक छ । सर्भिस फरक छ । कोठा देखि लिएर सबै कुरा फरक छ ।

    होटलहरुको प्रतिस्पर्धा भन्दा नी विराटनरमा गेष्टहरुमा चाहिँ प्रतिस्पर्धा हुने देखिन्छ । उहाँहरुले छान्ने हो आफ्नो लागि कुन बेष्ट छ भनेर । विराटनगरमा सबै रेन्चको होटलहरु भएका कारण पनि गेष्टले आफूलाई अनुकूल हुने होटल छान्नुहुन्छ । त्यसैले होटलमा लगानी बढ्दा होटलहरुको प्रतिस्पर्धा नभई गेष्टको प्रतिस्पर्धा अझ बढ्छ ।’

    गेष्टको प्रतिस्पर्धाबाट उत्कृष्ट देखिएका होटल नै उत्कृष्ट हुने उनको बुझाई छ । विग होटल गेष्ट कै प्रतिस्पर्धाबाट उत्कृष्ट देखिएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend