logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रिय शोकको घोषणा गर्दै अफगानिस्थान

    राष्ट्रिय शोकको घोषणा गर्दै अफगानिस्थान

    1.9K
    Shares

    एजेन्सी । अफगानिस्तानको सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

    काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए । आक्रमणकारीले विश्वविद्यालय परिसरमा विष्फोटक पदार्थ प्रयोग गरी हमला गरेका थिए ।

    राष्ट्रपतिको कार्यालयका अनुसार मङ्गलबार देशभरका मस्जिदमा हमलामा ज्यान गुमाउनेको सम्झनामा प्रार्थना गरिने र अफगानिस्तान र विदेशस्थित अफगानी नियोग तथा कार्यालयहरूमा राष्ट्रिय झण्डालाई आधा झुकाइने छ । राष्ट्रपति मोहम्मद असरफ घानीले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend