logo

२०८१ पुष १२ शुक्रबार

logo
  • शुक्रबार, १२ पुष २०८१
  • खरिद ऐन र कानुन झण्झटिलो भएकाले विकास निर्माणको कामलाई गति दिन सकिएन : मुख्यमन्त्री कार्की

    खरिद ऐन र कानुन झण्झटिलो भएकाले विकास निर्माणको कामलाई गति दिन सकिएन : मुख्यमन्त्री कार्की

    273
    Shares
    खरिद ऐन र कानुन झण्झटिलो भएकाले विकास निर्माणको कामलाई गति दिन सकिएन : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खरिद ऐन र कानुनी प्रक्रिया झण्झटिलो भएकाले कतिपय विकास निर्माणको कामलाई गति दिन नसकिएको बताएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताले फास्ट ट्रयाकबाट काम चाहेको तर खरिद ऐन र कानुनलाई सच्याउन नसक्दा समस्या भएको बताए ।

    कतिपय कानुनहरु झन्झटिला रहेको चर्चा गर्दै उनले ऐन, कानुन र प्रकृयालाई सजिलो बनाउनु पर्ने अहिलेको आवश्यक्ता रहेको बताए । समाजमा इमान्दार मानिसहरु धेरै रहेको तर केही खराब मानिसहरुले गरेको एउटा खराब कामलाई ठुलो रुपमा प्रचार गर्दा समस्या उत्पन्न भइरहेको उनले बताए ।

    उनले भने, ‘नकरात्मक भावनाको विकास भएको छ, राम्रो काम देख्दै नदेख्ने तर एउटा खराब कामलाई लिएर प्रचार गर्ने प्रवृत्ति छ ।’

    उनले अख्तियारले गरेका कामको समेत समिक्षा गर्ने बेला भएको बताए । उनले भने, ‘हामी जनप्रतिनिधिको कामको समिक्षा गर्छौ अब अख्तियारले आफ्नो कामको पनि समिक्षा हुनु पर्छ ।’ कतिपय अवस्थामा कानुनले दिएन भनेर काम नगर्ने तर कानुनले दिएको काम पनि नगर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाउनु पर्ने आवश्यक्ता रहेको उनले बताए ।

    उनले संघीय संसदले ८–९ वर्षमा पनि प्रदेशलाई चाहिने कानुन बनाउन नसकेको औल्याउँदै निजामति कर्मचारी ऐन लगायतका कानुन बन्नु पर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, नगरपालिकाका प्रमुख, उप्रमुखहरु, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो ।

    सो कार्यक्रममा आयोगका पदाधिकारी तथा कर्मचारीले आयोगको काम कर्तव्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सभापतित्व आयोगका आयुक्त डाक्टर हरि पौडेलले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend