logo

२०८१ पुष १९ शुक्रबार

logo
  • शुक्रबार, १९ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    झारपातले कुरूप बन्दै राराताल

    झारपातले कुरूप बन्दै राराताल

    266
    Shares
    झारपातले कुरूप बन्दै राराताल

    मुगु । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ ।

    तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो ।

    तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ । यसले तालको जैविक विविधतामा असर पुर्याउनका साथै तालको आकर्षण घटाएको छायाँनाथ रारा नगरपालिका–९ मुर्माका स्थानीय शिक्षक नन्दसिंह रोकायाले बताए ।

    “रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, पछिल्लो समय बढ्दै गएको झारपातले सुन्दरता हराउँदै गएकाले समयमा सफाइ गर्नुपर्छ”, उनले भने ।

    रोकायाले आफू सानै हुँदा ताल धेरै सफा देखिने गर्दथ्यो भन्दै आजभोलि अत्यधिक उर्मिएको झारपात र सरसफाइ नहुँदा ताल बिरूप देखिन थालेको बताए । “जताततै खुला सफा देखिने ताल आजभोलि दुर्गन्धित र बिरूप देखिन थालेको छ”, उनले भने ।

    रारा राष्ट्रिय निकुञ्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावले समस्या भइरहेको जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत महेश नौपानेले रारातालको पश्चिमतर्फ, निजारलगायत केही स्थानमा भएको झारपात सफा गरी ताललाई सुन्दर रूप दिने योजना बनाइएको भन्दै तत्काल उक्त योजना कार्यान्वयन हुने जानकारी दिए ।

    राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend