logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन् : सभापति देउवा

    युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन् : सभापति देउवा

    749
    Shares
    युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न सक्दैनन् : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनैपनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् ।

    आईतबार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनैपनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए ।

    उनले खेलकुदमा युवाहरु बढी हुने भएकाले कांग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए ।

    ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताए ।

    उनाले भने, ‘खेलकुद जगत अत्यन्तै महत्वपूर्ण जगत हो । एउटा भनाइ छ, स्वस्थ शरीरमा स्वस्थ दिमाग रहन्छ । खेलकुद स्वयं स्वस्थ शरीरका लागि अत्यन्त आवश्यक छ । यो कहावत मात्रै होइन, वास्तविकता पनि हो । खेलकुदका समस्याहरु छन् । खेलकुमा लागेका साथीहरुको लागि अहिले केही कुरा उठेका छन्, ओलम्पिकको सन्दर्भमा रुक्मसमशेर राणाहरुको कमिटी थियो ।

    त्यसलाई सर्वोच्च अदालतले मान्यता दिइसकेपछि, सर्वोच्च अदालतबाट तोकेपछि, सर्वोच्च अदालतले मानिसकेपछि त्यसलाई हामी लागू गर्नुपर्दछ । कसले मान्छ, मान्दैन भन्नेकुरा होइन, सर्वोच्च अदालतको आदेश मान्नुपर्छ, लागू पनि गर्नुपर्छ । नेपालमा खेलकुद जगतमा बढी ब्यस्त लागेका साथीहरुले हाम्रो पार्टीलाई पनि मजबुत बनाउनसक्छ ।

    कुनैपनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन, तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन । खेलकुदमा युवाहरु बढी हुने भएकाले हामीले जोड दिनुपर्छ । सबै साथीहरु लागेर खेलकुद जगतलाई बढाउनुपर्छ । हाम्रो पार्टीबाट पूरा सहयोग छ ।’

    सभापति देउवाले खेलकुद जगतलाई नेपाली कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend