logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    गलत व्यक्तिको संगतमा नपर्न युवा पंक्तिलाई प्रधानमन्त्री ओलीको आग्रह

    गलत व्यक्तिको संगतमा नपर्न युवा पंक्तिलाई प्रधानमन्त्री ओलीको आग्रह

    1.3K
    Shares
    गलत व्यक्तिको संगतमा नपर्न युवा पंक्तिलाई प्रधानमन्त्री ओलीको आग्रह

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा पंक्तिलाई गलत व्यक्तिको संगतमा नपर्न आग्रह गरेका छन् । आईतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले व्यक्ति चिनेर मात्र संगत गर्न युवा पंक्तिलाई आग्रह गरेका हुन् ।

    उनले पछिल्लो समय समाजमा युवाहरुलाई भड्काउन अनेक क्रियाकलाप भइरहेका उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताए । गलत मान्छेको संगतमा परेर समय खेर फाल्नुभन्दा सयमको सदुपयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।

    उनले भने, ‘युवाहरुलाई मेरो आग्रह के छ भने गलत संगतमा नपर्नुस् । मान्छे आफैँ बिग्रिदैन संगतले बिगारेको हुन्छ । कोही ड्रगिस आफैं भएको हुँदैन । संगतले नै बिगारेको हुन्छ । कोही मान्छे अत्यन्त राम्रो भएर निस्किएको हुन्छ, त्यसमा अरुको गुण आएको हुन्छ । आमाबाट गुण आएको हुन्छ, बाउबाट आएको हुन्छ ।

    साथीभाईबाट गुण आएको हुन्छ । त्यसकारणले गलत व्यक्तिको संगत नगर्नुस्, संगत गर्नुभन्दा अगाडि राम्रो व्यक्ति छानेर गर्नुस् भन्छु मैले । मौरीको संगतमा लाग्नुभयो भने फूलबारीमा पुगिन्छ, झिंगाको पछिपछि लाग्नुभयो भने फोहोरको डंगुरमा पुगिन्छ । झिंगाले कहिल्लै फूलको रस चुस्दैन पनि फूलमा बस्दैन पनि ।

    मौरी फूलबारीतिरै जान्छ । अहिले युवाहरुलाई भड्काउने अनेक क्रियाकलापहरु भइरहेका छन् । दुई दिनको जिन्दगीमा मरिलानु के छ र ? भन्छन् । यो त्यही समयलाई सदुपयोग गर्नुपर्छ । त्यस समयलाई खेर फाल्नु हुँदैन ।’

    नेकपा (एमाले) देश बनाउने अभियानमा हिँडेको उनको दाबी छ । अन्य राजनीतिक दलहरुले आफूलाई राम्रो भन्न नसकेका कारणले एमालेलाई नराम्रो भन्दै हिँडेको उनको टिप्पणी छ । कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेकी विभा बस्नेत लगायत पार्टी प्रवेश गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend