logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    नेपालमा पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना छन्, उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

    नेपालमा पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना छन्, उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

    273
    Shares
    नेपालमा पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना छन्, उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् ।

    मंगलबार नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

    उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्युनतम मात्रै योगदान गरेको बताए । उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताए । उनले पर्यटन सम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताए ।

    उनले भने, ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्युनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यि कथाहरु भनिमात्रै रहने हो, दाहो¥याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन ।

    यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ । निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

    मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । उनले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए । उनले नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवद्र्धनका लागि नेपालको प्रचार हुने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend