logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : सांसद सिंह

    मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : सांसद सिंह

    357
    Shares
    मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : सांसद सिंह

    काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताएका हुन् । उनले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गरे । उनले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताए ।

    उनले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताए । मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

    उनले भने, ‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ । आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ । त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला । यसरि राजनीति हुँदैन । राजनीति निष्ठा हो । आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ ।

    त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो । म कसैप्रति टिकाटिप्पणी गर्दिन । मेरो पिएचडीको विषय नै मधेस थियो । जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ । अन्य धेरै देशमा छ । तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन । न्यायको लागि संगठित भएर आउनुपर्यो ।’

    उनले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend