logo

२०८१ पुष २३ मंगलबार

logo
  • मंगलबार, २३ पुष २०८१
  • ‘जलवायु कार्यका लागि सहायता मागिरहनु पर्दैन, कोषमा भएको अर्बौं रुपैयाँले धेरै गर्न सकिन्छ’

    ‘जलवायु कार्यका लागि सहायता मागिरहनु पर्दैन, कोषमा भएको अर्बौं रुपैयाँले धेरै गर्न सकिन्छ’

    168
    Shares
    ‘जलवायु कार्यका लागि सहायता मागिरहनु पर्दैन, कोषमा भएको अर्बौं रुपैयाँले धेरै गर्न सकिन्छ’

    काठमाडौं । जलवायु परिवर्तनको असरले मुलुकको अवस्था पीडादायी भएको भन्दै सांसदहरुले जलवायु कार्यको लागि सरकार नै लाग्नुपर्ने धारणा राखेका छन् ।

    शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको जलवायु सम्मेलन (कोप २९) बारेको समिक्षा बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् ।

    जलवायु परिवर्तनसम्बन्धी कार्य गर्नको लागि अरुको भर पर्न नहुने उनीहरुको भनाइ छ । जनता समाजवादी पार्टीका सांसद डा. वीरेन्द्रप्रसाद महतोले आफ्नो देशको समस्या समाधान गर्न नसके कोपमा सहभागि हुनुको औचित्य नहुने बताए ।

    उनले कोपमा सहभागि भएर नेपालले भोग्दै आएका समस्याहरु समाधान हुनुको सट्टा एनजीओ र आइएनजीओहरुको प्रमोसन भइरहेको टिप्पणी गरे । उनले जलवायु कार्य गर्नको लागि नेपालभन्दा कम काम गरेका राष्ट्रहरुले संयौं मिलियन ग्रान्ट पाउँदा नेपालले किन नपाएको ? भन्दै प्रश्न गरे ।

    सांसद महतोले जलवायु कार्यका लागि सबै प्रकारका ग्राण्टहरुको सम्झौता अर्थ मन्त्रालयसँग हुने भएको वन मन्त्रालयले खर्च गर्न नसकेको बताए । उनले अर्थ मन्त्रालय र वन मन्त्रालयबीच समन्वयको अभावका कारण कोषमा भएको रकम खर्च गर्न नसकिएको भन्दै आक्रोश व्यक्त गरे ।

    उनले मुलुकको हित हुने काममा पैसा खर्च गर्न अर्थ मन्त्रालयका सचिवले सही नगर्ने गरेको उल्लेख गरे । उनले कोषमा भएको बजेट खर्च गर्नको लागि कानून परिमार्जन गर्नुपर्नेमा उनको जोड छ । कोषमा भएको अर्बौं रुपैयाले धेरै काम गर्न सकिने उल्लेख गर्दै उहाँले अरुसँग माग्नुभन्दा कोषमा उपलब्ध रकम खर्च गर्नतिर जानुपर्ने बताए ।

    बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले जलवायु कार्य र वन जंगलको संरक्षण वन मन्त्रालयको उपस्थिति कमजोर रहेको बताए । उनले वन मन्त्रालय गम्भिर नुहँदा सामुदायिक जंगलहरुको अवस्था बेहाल बन्दै गएको बताए ।

    उनले जलवायु परिवर्तनको असरले गाउँका बस्तीहरु उजाड भइसकेको उल्लेख गर्दै जलवायु कार्य गर्नमा ढिला गर्न नहुने बताए । उनले जलवाययु कार्य गर्नको लागि आवश्यक बजेटको प्रवन्ध गर्न जरुरी रहेको बताए ।

    समिति सभापति कुसमादेवी थापाले कोपमा सहभागि हुने मात्र नभई त्यहाँ राख्ने कुराहरुले महत्व राख्ने बताइन् । अगामी दिनमा जलवायु सम्मेलनमा सहभागि हुँदा आवश्यक तयारीका साथ सहभागि हुनुपर्ने उनको धारणा छ ।

    सहकारी तथा प्राकृतिक स्रोत समिति
    बैठकमा उपस्थित अधिकांश सांसदहरुले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि राज्य संयन्त्र सक्रिय हुन जरुरी रहेको धारणा राखे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend