काठमाडौं माघ १ । संसद विघटनको विरुद्दमा नेपाल विद्यार्थी संघले विहिबार विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले संसद विघटन अलोकतान्त्रीक र असंवैधानिक भन्दै काठमाडौंको माईतिघरमा प्रदर्शन गरेको हो ।
विरोध कार्यक्रममा ‘केपि ओली मुर्दावाद’, ‘विद्या तपाँई राष्ट्रपति हो राष्ट्रपिता होईन’, ‘लोकतन्त्र जिन्दावाद’, ‘असंवैधानिक कदम खारेज गर’ लगाएतका पम्पलेटहरु प्रदर्शन गरिएको थियो ।