बलिउड नायिका अनुष्का शर्मा केही दिन अगाडि मात्र आमा बनेकी हुन्। क्रिकेटर विराट कोहली सँग बिबाह गरेकी उनले छोरीलाई जन्म दिएकी छिन् ।
छोरीलाई जन्म दिएपछि विराट र अनुष्कालाई उनीहरुका साथीभाई र फ्यानको वधाइको ओइरो लागिरहेको छ । तर, उनीहरुले छोरीको तस्वीर भने सार्वजनिक नगर्ने बताएका छन् । उनीहरुले पापाराजीहरुलाई समेत छोरीको तस्वीर नखिचिदिन आग्रह गरेका छन् ।
उनीहरुले एक पत्र मार्फत भनेका छन्–‘यति लामो समयदेखि तपाइहरुले हामीहरुलाई दिएको प्रेमका लागि धन्यवाद । हामी तपाइहरुलाई एक साधारण आग्रह के गर्न चाहन्छौ भने, हामी हाम्री छोरीका निजी जीवनको रक्षा गर्न चाहन्छौं । यसैले, यसका लागि हामीलाई तपाइहरुको मद्दत चाहिएको छ ।’
हाम्री छोरीको तस्वीर नलिइदिनुहोला र त्यसलाई प्रकाशन पनि नगरिदिनुहोला । यसका लागि धन्यवाद ।’