logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • संविधान क्षतविक्षत पारेर गरिने निर्वाचनको अर्थ छैन : पूर्व प्रधानन्यायाधीश कार्की 

    संविधान क्षतविक्षत पारेर गरिने निर्वाचनको अर्थ छैन : पूर्व प्रधानन्यायाधीश कार्की 

    3.2K
    Shares

    काठमाडौं । पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीले संविधान क्षतविक्षत पारेर गरिने निर्वाचनको कुनै अर्थ नभएको बताएकी छिन् । प्रतिनिधिसभा विघटन संवैधानिक व्यवस्था र वर्तमान चुनौति सम्बन्धमा भएको छलफल कार्यक्रममा कार्कीले अहिलेको संसद विघटनको प्रक्रिया असंवैधानिक भएको जिकीर गरेकी हुन् । 

    उनले भनिन् ‘लोकतन्त्रका लागि जनताहरु सडकमा आउँछन्, रगत बगाउँछन् बल्लबल्ल एउटा लाइनमा आउँछ । विकास गर्ने बेलामा, नागरिकको आर्थिक, सामाजिक विकास गर्ने बेलामा फेरि एउटाले पहिलेको अवस्थामा पुर्याउँछ । अहिले यस्तै स्थिति आइरहेको छ ।’

    उनले संविधान निर्माणपछिको सरकारबाट नागरिकहरुले ठूलो आशा राखेको पनि बताइन् । केपी शर्मा ओलीको सरकारले व्यापारीको संगठन चलाएजस्तो गरी राज्य चलाएको आरोप पनि उनले लगाइन् । उनले भनिन् ‘राज्य चलाउनु भनेको एउटा व्यापारीहरुको संगठन चलाउनुजस्तो सोचेको र त्यही अनुरुप चलाएजस्तो देखिराखिएको छ । देश चलाउनु भनेको ठूलो कुरा हो । नेपाली जनताले कति धेरै आशा राखेका छन् ।’

    लामो समयदेखिको व्यथिति भोगिरहेका नेपाली जनताले अब स्थायी सरकार र संविधान पाएर खुशी भइरहेको बेलामा अहिलेको यो संसद विघटनको असंवैधानिक कदमले देशमा पुनः अस्थिरता ल्याएको उनको भनाइ थियो ।

    अहिलेको सरकार आफ्ना समर्थकको लागि मात्र मन पराउने किसिमको भएको पनि उनले बताइन् । उनले भनिन् ‘संसारका ठूला ठूला नेताहरुले आफ्ना विरोधी मन पराउँछन् तर यहाँ त कसैले २ शब्द बोल्नै नहुने कस्तो प्रजातन्त्र ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend