logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारले जुन मिति सिफारिस गरेकाे छ त्यही मितिमा चुनाव हुन्छ : सुवास नेम्वाङ

    सरकारले जुन मिति सिफारिस गरेकाे छ त्यही मितिमा चुनाव हुन्छ : सुवास नेम्वाङ

    3K
    Shares

    काठमाडाैं । सरकारले जुन मितिमा चुनाव घाेषणा गरेकाे छ त्यही मितिमा चुनाव हुने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताएका छन् । शनिबार नेकपा ओली समूहले काठमाडौंमा गरेकाे प्रदेश १ का कार्यकर्ता भेला सम्बाेधनका क्रममा नेम्वाङले वैशाख १७ र २७ मा चुनाव हुने निश्चित भएकाे बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री हामीसँग सँधै भन्नुहुन्छ निर्वाचन वैशाख १७ र २७ मा हुन्छ । सरकारले ताेकेकाे मितिमा नै निर्वाचन हुन्छ ।’

    उनले कांग्रेस चुनावमा गइसकेकाे र चुनावी अभियान सुरू भइसकेकाे पनि बताए । उनले भने ‘प्रमुख प्रतिपक्षकाे चुनावमा गइसकेकाे छ ।’

    ओलीको नेतृत्वमा देश स्थीरता र समृद्धिको दिशामा अघि बढिरहेका बेला अस्वीकार गरेर राम्रो काम नभएकाे पनि बताएका छन् ।

    उनले प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो भन्दै प्रचण्ड-नेपाल समूहलाई प्रश्न पनि गरेका छन् । ‘प्रधानमन्त्री केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो ? उनले प्रश्न गरे । देशले त्यसको जवाफ खोजिरहेको छ। मेचीदेखि महाकाली कार्यकर्ता पंक्तिले जवाफ खोजिरहेकाे छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend