logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ : राष्ट्रपति पौडेल

    राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ : राष्ट्रपति पौडेल

    126
    Shares
    राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।

    मंगलबार शितल निवासमा माघे संक्रान्तिको अवसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।

    उनले परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्वको विशेष महत्व रहेको बताए । उनले साउने संक्रान्ति र माघे संक्रान्ति पर्व मात्र नभइ नेपालीहरुको जनजीवन रहेको उल्लेख गरे ।

    उनले भने, ‘परम्परागत रुपमा प्राचिन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व मात्र नभएर नेपालीको जनजीवन हो । हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ भन्ने आह्वान गर्दछु । देशमा सुशासन र शान्ति स्थापना गर्नु नै राजनीतिक कर्मीहरुको दायित्व हो ।’

    राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापना गर्न जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend